आइसिसी विश्वकप लिग–२ : पपुवा न्युगिनीलाई हराउँदै नेपाल विजयी

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई पराजित गरेको छ । 

पपुवा न्युगिनीलाई चार विकेटले हराउँदै लगातार नेपालले पाँचौं जित निकालेको हो । 

यसअघि घरेलु मौदानमा नेपालले  स्कटल्यान्ड र नामिबियालाई चारै खेलमा हराएको थियो ।

नेपालले आफ्नो ओडिआई इतिहासमा पहिलोपटक लगातार पाँच खेल जितेको छ ।

जितको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाउँदै जीत हासिल गरेको हो । 

नेपालले अब बिहीबार युएईसँग खेल्नेछ ।





  • प्रकाशित मिति : फागुन १५, २०७९ साेमबार १९:३०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया