प्रधानमन्त्रीको सट्टा उपप्रधानमन्त्री श्रेष्ठ दोहा जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नजाने भएपछि दोहा, कतारमा  हुने अतिकम विकसित मुलुकहरू (एलडिसी)को सम्मेलनमा भाग लिन उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ जाने भएका छन् । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री श्रेष्ठलाई सम्मेलनमा भाग लिन अनुमति दिएको श्रेष्ठको सचिवालयले जनाएको छ। 

सचिवालयका एक प्रतिनिधिका अनुसार १९ फागुनमा श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल दोहा जानेछ भने २३ फागुनमा स्वेदश फर्कने कार्यक्रम तय भएको छ । 

एलडिसी राष्ट्रहरूको सम्मेलन यही मार्च ५ देखि मार्च ९ सम्म कतारको दोहामा  हुँदै छ । पाँचौँ राष्ट्रसंघीय सम्मेलनमा ‘सम्भावनादेखि समृद्धिसम्म’ शीर्षकमा बहस हुँदै छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको तयारीलगायत कारणले प्रधानमन्त्री दाहालको शुक्रबार कतार जाने कार्यक्रम अन्तिममा आएर स्थगित भएपछि मन्त्रिपरिषदले सो सम्मेलनमा भाग लिन श्रेष्ठलाई पठाउने निर्णय गरेको सचिवालयले जनाएको छ ।
 





  • प्रकाशित मिति : फागुन १६, २०७९ मंगलबार १६:३७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया