फागुन २१ गतेभित्र विश्वासको मत लिने सुदूरपश्चिमका मुख्यमन्त्री शाहको तयारी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिनेगरी तयारी थालेका छन् । उनले आगामी फागुन २१ गतेभित्र विश्वासको मत लिने भएका हुन् । 

कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहले दुई दिनअघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग काठमाडौंमा भेटघाट गरेका थिए । प्रधानमन्त्री दाहाल र सभापति देउवाले विश्वासको मत लिन सुझाब दिएसँगै उनी त्यसको तयारीमा जुटेका हुन् ।

मुख्यमन्त्री शाहले मंगलबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा (एकीकृत समाजवादी) पार्टी र स्वतन्त्र प्रदेशसभा सदस्य डा.तारा जोशीसँग पनि छलफल गरेका छन् ।

बैठकमा राष्ट्रपति निर्वाचनलाई लिएर गठबन्धनका प्रदेशसभा सदस्यहरुलाई प्रशिक्षण दिने र मुख्यमन्त्री शाहले विश्वासको मत लिने विषयमा छलफल भएको थियो ।





  • प्रकाशित मिति : फागुन १६, २०७९ मंगलबार २१:५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया