मोरक्को तथा फ्रेन्च क्लब पिएसजीका डिफेन्डर अच्रफ हाकिमीविरुद्ध बलात्कारको आरोप लागेको छ । बीबीसीआ अनुसार उनीमाथिको आरोपको विषयमा फ्रान्सको सम्बन्धित कार्यालयले प्रारम्भिक अनुसन्धान थालेको छ ।
२४ वर्षीया महिलाले हाकिमीले २५ फेब्रुअरीमा फ्रान्सको राजधानीस्थित आफ्नो घरमा आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् ।
महिलाले आइतबार प्रहरी चौकीमा घटनाबारे जानकारी गराए पनि आरोप दर्ता नगरेको बीबीसीले लेखेको छ ।
मुद्दा हेर्ने सार्वजनिक अभियोजकको कार्यालयले मुद्दाको विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ । यद्यपि अनुसन्धान सुरु भएको पुष्टि भने गरेको छ ।
स्पेनमा जन्मेका हाकिमी मोरक्कोले कतारमा भएको विश्वकपको सेमिफाइनलमा पुगेर इतिहास रच्दा एक प्रमुख खेलाडी थिए । मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टिम बनेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।