प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री, म सरकारमा जान्नँ : कांग्रेस उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँचै वर्ष सरकार चलाउने खुलासा गरेका छन् । 

गृहनगर सुर्खेत आएका उपसभापति खड्काले सोही सहमतिअनुसार कांग्रेसले राष्ट्रपतिका उम्मेदवारी दर्ता गरेको उपसभापति खड्काले जानकारी दिए ।

यसअघि माओवादीका अध्यक्ष प्रचण्डले अढाई वर्ष, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष र कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारसहित डेढ वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएकाे चर्चा थियाे ।

तर, देउवाका विश्वासपात्र खड्काले उक्त कुरा बताएपछि नेपाली राजनीति तरंगित भएकाे छ । 

उपसभापति खड्काले ८ वर्षअघि नै कुनै पनि सरकारमा मन्त्री नहुने जनाएकाले प्रचण्ड सरकारमा पनि सामेल नहुने जानकारी दिए । 





  • प्रकाशित मिति : फागुन १७, २०७९ बुधबार १८:१५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया