मधेस प्रदेश : वातावरणीय प्रदूषण हुने गतिविधि नगर्न उद्योग मन्त्रालयकाे आग्रह

उद्योग, पर्यटन तथा वन मन्त्रालय मधेस प्रदेशले वातावरणीय प्रदूषण हुने गतिविधि नगर्न आग्रह गरेको छ ।
  
प्रदेशभित्र ध्वनि प्रदूषणका कारण जनजीवनमा परेको कठनाइप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै वातावरणीय प्रदूषण हुने गतिविधि नगर्न आग्रह गरिएको हो ।
  
धार्मिक, सांस्कृतिक रुपमा मनाइने एवं सञ्चालन गरिने विवाह, व्रतबन्ध, मेला, जात्रा महोत्सव कार्यक्रमहरुमा चर्को आवाजमा डिजे, लाउडस्पिकर बजाउने, सार्वजनिक स्थानमा होहल्ला गर्नेजस्ता गतिविधिका कारण ध्वनि प्रदूषण हुन गई दैनिक जीवनयापन, बिरामीको स्वास्थ्य अवस्था, अध्ययन अध्यापन, स्वास्थ्य संघ संस्थाहरुको सेवा प्रवाहलगायतका कार्यमा असर परेको जनगुनासोहरु प्राप्त भएकोले ध्वनि प्रदूषण नहुने गरी कार्यक्रम सञ्चालन गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
 
होली पर्वको अवसरमा म्याद नाघेका विभिन्न प्रकारका केमिकलयुक्तको साथै वातावरण तथा मानव स्वास्थ्यलाई प्रतिकूल असर पुर्याउने खालका रंग, अविरहरु प्रयोग नगर्न पनि प्रदेशभित्रका सम्पूर्ण सरोकारवालालाई मन्त्रालयले अनुरोध गरेको मन्त्रालयका प्रवक्ता सुजीतकुमार झाले जानकारी दिए ।





  • प्रकाशित मिति : फागुन १८, २०७९ बिहीबार १८:२२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया