बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयाघात

बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयाघात भएको छ। उनलाई दुई दिनअघि हृदयाघात भएको हो। 

बिहीबार उनले आफ्नो इन्स्टाग्राममार्फत यसबारे जानकारी दिएकी हुन्। उनका अनुसार एन्जियोप्लास्टी गरेर मुटुमा स्टेन्ट राखिएको पनि उनले जानकारी दिएकी छन्।

‘तपाईंहरू आफ्नो मुटुलाई खुसी र बलियो राख्नुहोस्। तपाईंलाई आवश्यक परेका बेलामा यो तपाईंको साथमा हुनेछ। मलाई दुई दिनअघि हृदयाघात भएको थियो। एन्जियोप्लास्टी गरेँ। स्टेन्ट राखियो,’ सुस्मिताले भनेकी छन्, ‘महत्वपूर्ण कुरा, मेरा कार्डियोलोजिस्टले मेरो मुटु ठूलो छ भने। समयमै मेरो उपचारमा सहयोग गर्नेहरू धेरै हुनुहुन्छ। उहाँहरू सबैलाई धन्यवाद... म अहिले ठीक छु र बाँकी जीवनका लागि पनि तयार छु...।’

उनका शुभचिन्तक र प्रशसंकहरूले उनको स्वास्थ्य लाभको कामना गरेका छन्। सुस्मिताको नयाँ वेबसिरिज ‘आर्या ३’ आउँदै छ।





  • प्रकाशित मिति : फागुन १८, २०७९ बिहीबार २१:८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया