पठानले तोड्यो बाहुबली २ को रेकर्ड

अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ले अभिनेता प्रभासको फिल्म ‘बाहुबली २’को रेकर्ड तोडिदिएका छन् । निर्देशक सिद्धार्थ आनन्दको फिल्म पठानमा शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमलगायत कलाकार छन् । 

फिल्मले  ‘बाहुबली २’को रेकर्ड तोडिदिएको निर्देशक सिद्धार्थ आनन्दले ट्विटमार्फत जानकारी दिएका छन् । ‘पठानले बाहुबली २ को हिन्दी संस्करणको लाइफ टाइम कलेक्सन तोडेको छ । मेरो लागि यो गर्वको अवस्था हो । एकपटक पुनः दर्शकलाई दिन चाहन्छु, जसले यति धेरै माया दिए’, उनले ट्विटमा भनेका छन् । 

प्रभास, राणा दग्गुबाती, अनुष्का शेट्टी र राम्या कृष्णनन स्टारर फिल्म ‘बाहुबली २’को हिन्दी भर्सनले बक्सअफिसमा करिब ५ सय ११ करोड कमाइ गरेको थियो । ‘पठान’ले रिलिजको ३८औं दिनमा बक्सअफिसमा ७० लाख रुपैंयाँ कमाएको थियो । 

व्यापार विश्लेषक तरण आदर्शका अनुसार पठानले हालसम्म बक्सअफिसमा ५ सय १० दशमलव ६५ करोड रुपैंयाँ कमाइसकेको छ । निर्देशक सिद्धार्थले भने फिल्मले ५ सय ११ करोड रुपैंयाँको आँकडा पार गरिसकेको दाबी गरेका छन् ।





  • प्रकाशित मिति : फागुन २०, २०७९ शनिबार १६:५३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया