नेपाली बजारमा आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला १ लाख २ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज १ लाख २ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ कायम गरिएको छ । शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ थियो ।
त्यस्तै, आज चाँदीको मूल्य शुक्रबारको तुलनामा प्रतितोला १० रुपैयाँ बढेको छ । योसँगै आज चाँदी प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।