सेयर बजार ३० अंकले घट्यो

आइतबार सेयर बजार घटेको छ। साताको पहिलो कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक ३०.७७ अंकले घटेर १९३८.२५ विन्दुमा पुगेको छ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८६ अंकले घटेर ३६८.७० मा पुगेको छ। आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५९ कम्पनीको ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३९ करोड २३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। 

त्यस्तै, कारोबारको आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा छ। यसको  ८ करोड ४४ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शुभम् पावरको ५ करोड ४८ लाखभन्दा बढीको कारोबार भएको छ। आइतबार सबै उपसुचकहरुको कारोबार रकम घटेको छ। 

आजको कारोबारमा शुभम् सिमेन्टको १० प्रतिशतले सेयर मूल्य बढेको छ। यस कम्पनीको लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, युनिक लघुवित्त, एनएमबी ५० र एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।





  • प्रकाशित मिति : फागुन २१, २०७९ आइतबार १६:१४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया