राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनबारे आगामी बुधबार (फागुन २४ गते) निर्णय गर्ने भएको छ ।
आगामी बुधबार बस्ने पार्टीको कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपति निर्वाचनबारे निर्णय लिने पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । उनले आफू काठमाडौं आएपछि बस्ने पार्टीको बैठकबाट निर्णय लिने बताए ।
अध्यक्ष लिङ्देनले दुवै उमेदवारले आफूहरूसँग मत मागिरहेको पनि जानकारी दिए । उनले भने, 'हामीले कसलाई मतदान गर्ने वा मतदानमै भाग नलिने भनेर निर्णय गरेका छैनौँ ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।