पति शरद भेषवाकरविरुद्ध निशाले हालिन् अंशबण्डा मुद्दा

अभिनेत्री निशा अधिकारीले पति क्रिकेटर शरद भेषवाकरविरुद्ध काठमाडौं जिल्ला अदालतमा अंशबण्डाको मुद्दा दायर गरेकी छन् । निशाको रिटमा अदालतले सम्पत्तिको फाँटबारी माग गर्न आदेश दिएको छ ।

नाबालक छोरासमेतलाई अंशभाग लगाउनुपर्ने माग गर्दै निशाले पति शरदविरुद्ध मुद्दा हालेकी हुन् । निशाले गत भदौ २८ गते अंश चलनको मुद्दा दायर गरेकी थिइन् । 

अंशबण्डा मुद्दा दायर गरेकी निशाले सम्बन्धविच्छेदको मुद्दा भने दायर गरेकी छैनन् ।अदालतको वेबसाइटमा उल्लेख भएअनुसार न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले उक्त आदेश दिएको हो । 

लामो समय प्रेम सम्बन्धमा रहेका निशा र शरदले ०७४ सालमा विवाह गरेका थिए । ०७५ सालमा उनीहरुको छोराको जन्म भएको थियो । 

निशाले अमेरिकामा पुगेर छोरालाई जन्म दिएकी थिइन् । यतिबेला भने दुवैजना नेपालमा बस्दै आएका छन् । 





  • प्रकाशित मिति : फागुन २१, २०७९ आइतबार २१:३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया