६ सचिवको सरुवा, एक सहसचिवको बढुवा

काठमाडौं– सरकारले ६ जना सचिवहरूको सरुवा गरेको छ । पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटासहित ६ जनाको सरुवा गरिएको हो । त्यसैगरी, एकजना सहसचिवलाई सचिवमा बढुवा गरी पदस्थापन गरिएको छ ।

सचिव देवकोटालाई पर्यटन मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरी पर्यटन मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई ल्याइएको छ ।

यसैगरी, खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरिएको छ । खानेपानी मन्त्री बिना मगरसँग उनको मतान्तर रहँदै आएको थियो । मन्त्री मगरले आफूलाई अनियमित रुपमा काम गर्न दबाब दिएको र आफूले अस्वीकार गर्दा सरुवा गरिएको ठाकुरले बताएका छन् ।

ठाकुरलाई नेपाल ट्रस्टमा पठाएर यसअघि प्रधानमन्त्री कार्यालयमा रहेका दीपेन्द्रनाथ शर्मालाई खानेपानी मन्त्रालयमा ल्याइएको छ ।  नेपाल ट्रस्टमा भने सचिव पद रिक्त थियो ।

यसैगरी, रक्षा मन्त्रालयका विष्णुप्रसाद लम्साललाई प्रधानमन्त्री कार्यालयमा तानिएको छ । प्रधानमन्त्री कार्यालयका अर्का सचिव रेश्मीराज पाण्डेलाई भने रक्षा मन्त्रालयमा सरुवा गरिएको छ । 

सहसचिव सूर्य गौतमलाई सचिवमा बढुवा गरेर सरकारले महालेखा नियन्त्रकको कार्यालयमा पदस्थापन गरेको छ ।





  • प्रकाशित मिति : फागुन ८, २०७५ बुधबार १३:१८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया