कञ्चनपुरमा एक प्रहरी अधिकारी मृत फेला परेका छन् । आइतबार राति जिल्लाको भीमदत्त नगरपालिका–१५ शारदा टोलका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लक्ष्मण चन्द मृत फेला परेका हुन् ।
चन्द महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत थिए । स्रोतका अनुसार उनी राति घरमै झुन्डिएको अवस्थामा फेला परेका थिए ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।