जिल्ला प्रहरी कार्यालय लमजुङ अत्याधुननिक नयाँ भवनमा सरेको छ । साविक प्रहरी परिसरमा नेपाल सरकारबाट नियमित विनियोजित चार करोड २३ लाख रुपैयाँमा निर्मित भवन आइबारदेखि औपचारिक रुपमा सञ्चानलमा आएको हो ।
नवनिर्मित भवनको नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक दिवेश लोहनीले उद्घाटन गरे । कार्यालय भवनसँगै कार्यालय प्रमुख निवास, जवानहरुको आवाससहित भान्साघर, हिरासत कक्ष र बन्दी भवनको महानिरिक्षिक लोहनीले उद्घाटन गरेको हुन् ।
उद्घाटन गर्दै नेपाल प्रहरी अतिरिक्त महानिरिक्षक सिंहले प्रहरी संगठन जनतप्रति समर्पित एक कुशल र प्रतिबद्ध व्यावसायिक संगठन भएको बताए । उनले संगठनलाई मजबुत , सक्रिय र जनमैत्री बनाउन नवनिर्मित भौतिक संरचनाको ठूलो भूमिका रहने बताए ।
साथै प्रहरी संगठन देश र जनताप्रति प्रतिबद्ध व्यावसायिक संगठन भएकाले सधैँ जनताप्रति समर्पित भएर शान्ति, सुरक्षा र अमन चयनको कार्यमा लाग्न निर्देशन दिए ।
जिल्ला प्रहरीका अनुसार आर्थिक वर्ष २०७६–७७ बाट निर्माण सुरु भएको भवन तीन वर्षमा सम्पन्न भएको हो । भवन निर्माणमा लागि काभ्रेस्थित ब्राईट मल्टि कन्सट्रक्सन प्रालिले जिम्मा पाएको थियो ।
४ करोड २३ लाख १० हजार ४० रुपैयाँको लागतमा व्यारेक, हिरासत, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृतको लागि आवास र मेस लगायतको संरचना रहेको भवनको निर्माण भएको हो ।
करिब तीन सयभन्दा बढी प्रहरी संख्या भएको लमजुङमा यसअघि जीर्ण र पुरानो संरचना र भौतिक पूर्वाधार हुँदा निकै कठिनाइ भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।