पहिलो ओभरमै सोमपालले वासिमलाई बोल्डआउट गरे

आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी छ । 

खेलमा यूएईविरुद्ध नेपालले पहिलो ओभरमै सफलता प्राप्त गरेको छ । आफ्नो स्पेलको पहिलो ओभर बलिङ गरेका सोमपालले दोस्रो बलमा यूएईका ओपनर मोहमद वासिमलाई बोल्डआउट गरे ।

टस हारेर फिल्डिङको निम्तो पाएको यूएई नेपालले दिएको २३० रनको विजयी लक्ष्य पछ्याइरहेको छ । शृंखलामा पिएनजीसँग दुई खेल हारेको यूएईले एक खेलमा नेपाललाई पराजित गरेको थियो । 

जारी खेल दुवै टिमका लागि शीर्ष तीन र एक दिवसीय मान्यता जोगाउन जित्नैपर्ने दबाब छ ।





  • प्रकाशित मिति : फागुन २२, २०७९ साेमबार १६:५०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया