पल शाह भन्छन्– कसैप्रति रिस र प्रतिशोध छैन, फेरि सहकार्यको वातावरण मिलोस्

अभिनेता पल शाहले गायिका समीक्षा अधिकारीसँग फेरि सहकार्य गर्ने वातावरण मिलोस् भन्ने कामना गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले यस्तो आशय व्यक्त गरेका हुन् । 

बितेको एक वर्षलाई आफूले सिकाइको उर्बर समयका रुपमा लिएको भन्दै उनले आफ्नो 
मनमा कसैप्रति रिस र प्रतिशोधको भावना नरहेको बताएका छन् । 

उनले लेखेका छन्, ‘यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो । त्यसैले मेरो अनुरोध कसैलाई गालीगलौज र नराम्रो व्यवहार नगरिदिनुहोला । उहाँहरुसँग फेरि सहकार्य गर्ने वातावरण मिलोस् ।’

केवल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पूरा गर्ने एउटै लक्ष्य रहेको भन्दै उनले एक वर्षको घटनासँग जोडिएका सम्पूर्ण व्यक्तिहरुमा सदा सम्मान र सद्भाव रहने पनि उल्लेख गरेका छन् । आफू सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै फेरि पुरानै संघर्षशील दैनिकीमा फर्किएको पलले बताएका छन् ।

आफ्नो स्वागतमा परिवार, आफन्त, साथीभाइ मात्र नभई हजारौं दर्शकको भीड देख्दा आफू नमात्तिएको बरु यो शुभेच्छाले थप जिम्मेवार बनाएको उनले बताएका छन् ।





  • प्रकाशित मिति : फागुन २२, २०७९ साेमबार २०:४१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया