राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, राष्ट्रपति निर्वाचनबारे छलफल गरिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा १ बजे बैठक बस्न लागेको हो ।  

प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।

समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको राप्रपाले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललगायतसँग गठबन्धनमा आबद्ध नेताहरूसँग यसअघि नै छलफल गरिसकेको छ ।

बैठकले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका बारेमा कसलाई मत दिने भन्नेबारे निर्णय लिने बताइएको छ ।  





  • प्रकाशित मिति : फागुन २४, २०७९ बुधबार ९:१४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया