काठमाडौंको शंखरापुर नगरपालिकामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शंखरापुर नगरपालिका घर भएका पत्रकार पवनलाल श्रेष्ठ र हरि खड्का रहेका छन् ।
श्रेष्ठ नेपाल प्रेस युनियन साँखुका अध्यक्ष एवं साँखुबाट प्रकाशित हुने लावण्य सन्देश साप्ताहिक पत्रिकाका सम्पादकसमेत हुन् ।
बुधबार बेलुकी साँखुबाट जोरपाटीतर्फ आइरहेको बा ५ ख २२१४ नम्बरको टिपरले विपरीत दिशामा रहेको बा९४प ४४९८ र बा ८२प८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा पुनम श्रेष्ठ घाइते छन् । उनको ग्रान्डी अस्पतालमा उपचार भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।