रोल्पाको त्रिवेणी गाउँपालिका–२ दहवनमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बुधबार बेलुका भएका सो दुर्घटनामा सल्यानको कुमाक गाउँपालिका–६ का ३२ वर्षीय टोपलाल बिकको मृत्यु भएको हो ।
राप्ती विज्ञान प्रतिष्ठान दाङमा उपचार गराइरहेका बिकको बिहीबार बिहान पौने १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सडकमा काम गर्ने मजदुर सवार रा१त १७२५ नम्बरको उक्त ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेको थियो ।
दुर्घटनामा परी सातजना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको छ । घाइतेमध्ये पाँचको अवस्था गम्भीर र दुईजनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक दाङ घोराही उपमहानगरपालिका–३ का २९ वर्षीय नवीन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।