नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पनि राष्ट्रपति निर्वाचनमा मत नदिने भएको छ । नेमकिपा सचिव तथा सांसद प्रेम सुवालका अनुसार पार्टीको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको हो ।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि बुधबार पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेर राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको थियो।
नेपकिपाका संघ र प्रदेशमा गरी चार सांसद छन् । नयाँ राष्ट्रपति चयनका लागि आज मतदान जारी छ । संघीय संसद भवन बानेश्वर पुगेर राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मतदान गरिसकेका छन् ।
मतदानका लागि संघ र प्रदेशका सांसदहरू छुट्टाछुट्टै लाइनमा लामबद्ध भएका छन् । बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान जारी रहनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।