सप्तरीको राजविराज नगरपालिका–११ स्थित पम्प नहरको भित्री सडकमा स ४ प ३२७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा कुस्तीका पूर्वराष्ट्रिय खेलाडीको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाका ५० वर्षीय पूर्वखेलाडी श्याम मण्डलको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
बुधबार राति १० बजेतिर दुर्घटनामा परि गम्भीर घाइते भएका मण्डलको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मध्यराति १२ बजे मृत्यु भएको प्रहरीको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।