सेयर बजार ५०.०४ अंकले वृद्धि

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ५०.०४ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक २.५६ प्रतिशतले उकालो लागेको  हो ।  

बिहीबार ५०.०४ अंकले उकालो लागेर सेयर बजार २००२.७० बिन्दुमा रोकिएको हो । यस्तै, सेन्सेटिभ इन्डेक्सम ९.२७ अकले वृद्धि भइ ३७९.५० बिन्दुमा आएको छ । ४५ लाख ६६  हजार  ४३ कित्ता  सेयर किनबेच हुँदा १ अर्ब ५६  करोड ५५ लाख बढीको कारोबार भएको छ । 

शिवम् पावर लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनीको ९  प्रतिशतले वृद्धि भएको छ । यी कम्पनीहरुले सर्वाधिक कमाएका छन् । 

यता, शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । यसको ७ करोड ८५ लाख भन्दामाथिको कारोबार भएको छ । यता हिमालय डिस्ट्रिलरीको ५ करोड ७३ लाखबढीको कारोबार भएको छ ।

बिहीबार सबै उपसूचकहरुमा उकालो लागेको छ ।





  • प्रकाशित मिति : फागुन २५, २०७९ बिहीबार १६:२०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया