अर्काको नाममा ट्रायल दिने र दिन लगाउने दुवैजना पक्राउ
फरकधार / २५ फागुन, २०७९
यो सामग्री सेयर गर्नुहोस्

नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने र दिन लगाउने दुईजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 



बिहीबार सर्लाहीको बलरा नगरपालिका–६ घर भई काभ्रेपलाञ्चोकको बनेपा बस्दै आएका २१ वर्षीय सन्तोषकुमार कुशवाहा र सिरहाको मिर्चैया नगरपालिका–४ घर भई भक्तपुरको लोकन्थली बस्दै आएका २० वर्षीय रविकुमार साहलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 



काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलीले भक्तपुरको राधेराधे ट्रायल सेन्टरबाट कुशवाहाको नाममा साहले दुईपांग्रे सवारीसाधनको ट्रायल दिइरहेको पाइएकाले दुवैजनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आएका दुवैजनालाई प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।



अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तिलाई रोक्नको लागि विशेष कडाइ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक अबिनारायण काफ्लेले बताए । 



यसका साथै अर्कै व्यक्तिले परीक्षा दिएर सवारीचालक अनुमति पत्र निकाल्दा दक्ष चालकको कमी भई दुर्घटनासमेत निम्तिने भएकाले ट्रायल सेन्टरहरूमा थप निगरानी बढाइएको उनको भनाइ छ।





  • प्रकाशित मिति : फागुन २५, २०७९ बिहीबार २०:४७:३८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया