घण्टाघरमा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु, पैदलयात्री घाइते

काठमाडौंको घण्टाघरमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एक पैदलयात्री घाइते भएका छन् ।

मोटरसाइकल चालक भोजपुरको षडानन्द गाउँपालिका–११ घर भई काठमाडौं बस्ने अन्दाजी २३ वर्षीय सुजल छावुहाङ राईको उपचारको क्रममा बिहान सवा ७ बजे राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।   

घाइते काठमाडौंको नैकाप बस्ने ५८ वर्षीय अशोककुमार महर्जनको उपचार भइरहेको छ । शुक्रबार बिहान ७ बजे बा ६५ प ५६०८ नम्बरको मोटरसाइकल पैदल यात्रुसँग ठोक्किदा पल्टिएको थियो ।  





  • प्रकाशित मिति : फागुन २६, २०७९ शुक्रबार १०:२१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया