तेस्रो कार्यकालका लागि चिनियाँ राष्ट्रपतिमा चुनिए सी
फरकधार / २६ फागुन, २०७९
यो सामग्री सेयर गर्नुहोस्

सी चिनफिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपतिमा चुनिएका छन् । समाचार संस्था रोयटर्सका अनुसार शुक्रबार नेशनल पिपुल्स कंग्रेसले मतदानमार्फत् चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव चिनफिङलाई तेस्रो कार्यकालका लागि राष्ट्रपतिमा चुनेको हो । 



राष्ट्रपतिका लागि सी एक्ला उम्मेदवार थिए । संसदका ३ हजार बढी सदस्य विद्युतीय मतदानमा सहभागी भएका थिए । मतदान गर्न एक घण्टा लागेको थियो । गणना सुरु भएको  १५ मिनेटमै अन्तिम नतिजा सार्वजनिक भयो । 



गणतान्त्रिक चीनमा माओत्सेतुङ पछि तेस्रो कार्यकाल राष्ट्रप्रमुख बन्ने सी पहिलो व्यक्ति हुन् ।   









  • प्रकाशित मिति : फागुन २६, २०७९ शुक्रबार १०:५६:२९,   अन्तिम अपडेट : फागुन २६, २०७९ शुक्रबार १०:५८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया