स्ववियु निर्वाचन : आज मनोनयनपत्र वितरण गरिँदै

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा आगामी ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारलाई मनोनयनपत्र वितरण गरिँदै छ ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार बिहान ११ देखि दिउँसो २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका लागि मनोनयनपत्र वितरण गर्न लागिएको छ । उनका अनुसार देशभरिका सबै क्याम्पसमा आज मनोनयनपत्र विवरण गरिने छ ।

यस्तै, निर्वाचन कार्यतालिकाअनुसार विद्यार्थी सङ्गठनले शनिबार बिहान ११ देखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन् ।

निर्वाचन देशभरिका त्रिविका ६२ आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुने तय भएको छ । 





  • प्रकाशित मिति : फागुन २६, २०७९ शुक्रबार १२:४५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया