पिएसजीको जितमा एमबाप्पेको निर्णायक गोल

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ब्रेस्टविरुद्ध २–१ को जित निकालेको छ । गएराति सम्पन्न खेलमा पिएसजीको जितमा कार्लोस सोलेर र केलियन एमबाप्पेले एक/एक गोल गरे ।    

ब्रेस्टका लागि फ्रान्क होनोरतले एक गोल फर्काए । खेलको ३७ औं मिनेटमा कार्लोस सोलेरले गोल गर्दै पिएसजीलाई सुरुआती अग्रता दिलाए । ४३ औं मिनेटमा फ्रान्क होनोरतले गोल गर्दै ब्रेस्टलाई १–१ गोलको बराबरीमा ल्याए ।

इन्जुरी समयमा केलियन एमबाप्पेले निर्णायक गोल गर्दै पिएसजीलाई २–१ को रोमाञ्चक जित दिलाए । यो जितपछि पिएसजीले २७ खेलमा ६६ अंक जोडेको छ ।

ऊ शीर्ष स्थानमा कायमै रहेको छ । १५औँ स्थानमा रहेको ब्रेस्टले २७ खेलबाट २३ अंक जोडेको छ ।   





  • प्रकाशित मिति : फागुन २८, २०७९ आइतबार ७:५२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया