राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका छन् ।
चालिसे पूर्व राजदूत हुन् । चालिसे पूर्वप्रधानमन्त्री सुशील कोइरालाको परराष्ट्र सल्लाहकारसमेत थिए ।
राष्ट्रपति पौडेलले निजी सचिवमा भने चिरञ्जीवी अधिकरीलाई नियुक्त गरेका छन् । शपथ लिएको दोस्रो दिन राष्ट्रपति पौडेलले दुईजनालाई नियुक्त गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।