सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, हालान्डले गरे ५ गोल

इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब आरबी लाइप्जिगविरुद्ध ७–० को भारी अन्तरले तथा समग्रमा ८–१ को जितसँगै सिटी क्वाटरफाइनलमा प्रवेश गरेको  हो ।

पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिए पनि सिटीले दोस्रो लेगमा ७–० को फराकिलो जित निकाल्यो । घरेलु मैदानमा सिटीको जितमा एर्लिङ हालान्डले ह्याट्रिकसहित ५ गोल गरे ।

इल्केए गुन्डोगान र केभिन डि ब्रुएनाले एक/एक गोल थपे । 





  • प्रकाशित मिति : चैत १, २०७९ बुधबार ७:४०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया