भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
फरकधार / २ चैत, २०७९

भारतीय आयल कर्पोरेसन (आइओसी)ले पेट्रोलिय पदार्थको मूल्य घटाएर सूची पठाएको छ । हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य सूची नेपाल आयल निगमलाई पठाउने गरेको छ । 



सोही सूचीको आधारमा नेपाल आयल निगमले मूल्य समायोजन गर्ने गरेको छ । आइओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । जसअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेर आएको छ ।

पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको रहेका बेला भारतमा घटेर आएको हो । खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ । 



आयल निगम सञ्चालक समिति वा व्यवस्थापन बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने वा यथावत् राख्ने भन्ने निर्णय लिनेछ । 
 



  • प्रकाशित मिति : चैत २, २०७९ बिहीबार १७:१२:२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया