उपराष्ट्रपति चयनका लागि आज मतदान, तीनजना प्रतिस्पर्धामा

नयाँ उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ ।​ राष्ट्रपति चयनका लागि संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुन लागेको हो ।  

मतदानमा संघीय सांसद र प्रदेशसभाका सदस्य गरी ८८१ जना भाग लिन पाउने छन् । संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको छ । 

मतदान सम्पन्न भएलगत्तै गणना सुरु गरिने र साँझ ६ बजेसम्म परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।​ संघीय सांसदले दिएको एक भोटको ७९ र प्रदेशसभा सदस्यले दिएको एक भोटको ४८ मतभार हुन्छ । 

उपराष्ट्रपतिमा स्वघोषणामार्फत् प्रतिस्पर्धा स्थगित गरेकी प्रमिलाकुमारी यादवसहित चार उम्मेदवार छन् । रामचन्द्र पौडेललाई राष्ट्रपति निर्वाचित गराएका ८ दलले छुट्टाछुट्टै समूह बनाएर दुई उम्मेदवार बनाएका छन् ।

जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादवलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् । जनमत पार्टीकी ममता झालाई लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीले साथ दिएका छन् । एमालेले अष्टलक्ष्मी शाक्यलाई प्रतिस्पर्धी बनाएको छ । 





  • प्रकाशित मिति : चैत ३, २०७९ शुक्रबार ७:५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया