राप्रपा उपराष्ट्रपति निर्वाचनमा पनि सहभागी नहुने
फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपराष्ट्रपति निर्वाचनमा पनि सहभागी नहुने भएको छ । राप्रपा राष्ट्रपति निर्वाचनमाझैँ उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने भएको हो । 

केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उपराष्ट्रपति निर्वाचनमा मतदान नगरी तटस्थ बस्ने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाबाट प्रतिनिधिसभामा १४ र प्रदेश सभामा २८ सांसद छन् । उनीहरूको कुल मतभार २ हजार ४५० हुन्छ ।   

नयाँ उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ । 

उपराष्ट्रपति निर्वाचनमा स्वघोषणामार्फत् प्रतिस्पर्धा स्थगित गरेकी प्रमिलाकुमारी यादवसहित चारजना उम्मेदवार छन् । रामचन्द्र पौडेललाई राष्ट्रपति निर्वाचित गराएका ८ दलले छुट्टाछुट्टै समूह बनाएर दुई उम्मेदवार बनाएका छन् ।   

जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादवलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् । 



जनमत पार्टीकी ममता झालाई लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीले साथ दिएका छन् । एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ ।    



  • प्रकाशित मिति : चैत ३, २०७९ शुक्रबार ८:१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया