स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । स्ववियु निर्वाचन आचारसंहिताअनुसार यो अवधिमा चुनावको प्रचारप्रसार गर्न रोक लगाइएको छ ।
त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनावको मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल लैजान निषेध गरेको छ । चुनावलाई भयरहित बनाउनका लागि त्रिविले मोबाइल, पानीका बोतल, जार तथा घरेलु हातहतियार मतदान केन्द्रमा लैजान प्रतिबन्ध लगाएको छ ।
स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले स्वच्छ र शान्तिपूर्ण बनाउन तरल, धातुजन्य वस्तु, डिजिटल वस्तु र आगोजन्य वस्तु मतदान केन्द्रमा लैजान निषेध गरिएको बताए ।
उनले त्रिविअन्तर्गतका सबै क्याम्पसमा रहेका निर्वाचन समितिलाई प्रतिबन्धित वस्तु लैजान निषेध गर्न निर्देशनसमेत दिइसकेको जानकारी दिए । स्ववियु चुनाव आइतबार हुँदैछ ।
कतिपय क्याम्पसमा विवादका कारण चुनावी प्रकृया अघि बढ्न सकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।