महिलाको हक स्थापित गर्नेछु : ममता झा
उपराष्ट्रपति पदका उम्मेदवारहरू रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झा

उपराष्ट्रपति पदका लागि जनमत पार्टीबाट उम्मेदवार रहेकी ममता झाले आफू निर्वाचित भए महिलाको हकअधिकार स्थापित गर्ने बताएकी छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मतदानपछि पत्रकारसँग अन्तरक्रिया गर्दै उनले महिला मतदाताको मत महिलालाई नै दिन आग्रह गरिन् ।

आज बिहान १० बजेदेखि सुरु भएको मतदान मतदान दिउँसो ३ बजेसम्म हुनेछ । साढे ११ बजेसम्म संघीइ संसद् सदस्यतर्फ एक सय ५० र प्रदेशसभा सदस्यतर्फ दुई सय ८६ सदस्यले मतदान गरेका छन् । संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रमा मतदान भइरहेको छ । 

उपराष्ट्रपति  पदका लागि जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव, जनमत पार्टीकी ममता झा र नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य चुनावी मैदानमा छन् ।





  • प्रकाशित मिति : चैत ३, २०७९ शुक्रबार १२:४६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया