राष्ट्रपति रामचन्द्र पौडेल विनातामझाम सामान्य सवारीमै कुमारी घर पुगेका छन्। राष्ट्रपति पौडेल कुमारी घर पुग्दा कुनै सवारीलाई रोकतोक थिएन।
राष्ट्रपतिको सवारीमा जाम बढ्ने र सर्वसाधारणलाई दुःख पाएको भन्दै यसअघि आलोचना बढेको थियो। यस्तो दुःख दिने काम आफूबाट नहुने वाचा राष्ट्रपतिमा निर्वाचित हुनसाथ पौडेलले व्यक्त गरेका थिए।
कुमारी घरभित्र प्रवेश गर्नुअघि पनि पैदलयात्री र सर्वसाधारणको सवारीलाई आउजाउमा रोक लगाइएको थिएन। दिउँसो ४ बजे अघिपछि एक एकवटा गाडीसहित पौडेल कुमारी घर आइपुगे। कारगेटमा सुरक्षाकर्मीले प्रयोग गर्ने मोटरबाइकसमेत प्रयोग नगरी पौडेल वसन्तपुरस्थित कुमारी घर पुगेका हुन्।
पौडेल कुमारी पूजा गरी आधाघण्टामै शितल निवास फर्केका छन्। आज बिहान राष्ट्रपति पौडेललाई कुमारी घरको तर्फबाट पूजाको प्रसाद पुर्याइएको थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।