नेकपा (माओवादी केन्द्र)का केन्द्रीय उपमहासचिव गिरिराजमणि पोखरेलले पार्टी र जनताबीचको सम्बन्धलाई थप सुधार गर्दै अघि बढ्ने अभियान सुरु भएको बताएका छन् ।
झापा क्षेत्र नं १ अन्तर्गत ‘संगठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’को मेचीनगरमा उद्घाटन गर्दै उनले केन्द्र, प्रदेश, जिल्ला र वडास्तरका नेताको चरित्र सच्चिन जरुरी रहेको बताए।
नागरिक–नागरिकबीचको असमानताको खाडललाई पुर्न केन्द्र, प्रदेश, जिल्ला र वडास्तरका नेताको चरित्र सच्चिन जरुरी रहेको उनको भनाइ छ ।
जनताको मुद्दा सडक र सदनलाई व्यवस्थित गर्ने अभियानका साथ माओवादी केन्द्र अघि बढेको उनले बताए।
उत्पीडन र विभेदमा रहेकालाई मात्र नभई आमनागरिकको दैनिक जीवनमा आइपर्ने समस्यालाई समाधान गर्दै भ्रष्टाचाररहित समाज निर्माण गर्न माओवादी कार्यकर्ता तयार हुनसमेत उनले निर्देशन दिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।