होपको शतकमा दक्षिण अफ्रिकाविरुद्ध वेस्ट इण्डिजको सानदार जित

दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा पाहुना टोली वेस्ट इण्डिज ४८ रनले विजयी भएको छ । यो जितसँगै उसले सिरिजमा १–० को अग्रता लियो । पहिलो खेल भने वर्षाका कारण रद्द पुगेको थियो ।

घरेलु टोली दक्षिण अफ्रिकाले भने दोस्रो खेलमा पराजय बेहोरेसँगै सिरिज जित्ने मौका गुमायो । गएराति सम्पन्न खेलमा वेस्ट इण्डिजले दिएको ३ सय ३६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४१.४ ओभरमा २ सय ८७ रनमै अलआउट भयो ।

उसका लागि कप्तान तेम्बा बावुमाले शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । ११८ बलमा सात छक्का र ११ चौका हिर्काएका उनले १४४ रनको आक्रामक पारी खेले । एकदिवसीय अन्तर्राष्ट्रियमा बावुमाको यो चौथो शतक हो ।

त्यस्तै, क्विन्टन डिककले ४८, टोनी डे जोर्जीले २७, मार्को जेन्सनले १७ र रायन रिकेल्टनले १४ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । 

वेस्ट इण्डिजका लागि अल्जारी जोसेफ र अकिल होसेनले सर्वाधिक तीन/तीन विकेट लिए । त्यसअघि बफेलो पार्क मैदानमा टस जितेर ब्याटिङ रोजेको वेस्ट इण्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ३४ रन बनायो ।

उसका लागि कप्तान साई होपले शतकीय पारी खेले । ११५ बलको सामना गरेका उनले ७ छक्का र ५ चौकासहित अविजित १२८ रन बनाए । एकदिवसीयमा होपको यो १४ औँ शतक हो ।



त्यस्तै, रोभम्यान पावेलले ४६, निकोलस पूरनले ३९, कायल मेयर्सले ३६, ब्रेण्डन किंगले ३०, जेसन होल्डरले १५ र अल्जारी जोसेफले अविजित १३ रनको योगदान दिए ।

दक्षिण अफ्रिकाका लागि जेराल्ड कोएत्जीले तीन, ब्योर्न फोर्टुइन, तरबिज शाम्सीले दुई/दुई र मार्को जेनसनले एक विकेट लिए । दक्षिण अफ्रिका र वेस्ट इण्डिजबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल मंगलबार हुनेछ । 



  • प्रकाशित मिति : चैत ५, २०७९ आइतबार ७:५५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया