नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बिहान साढे १० बजे बैठक बस्न लागेको हो ।
बैठक नयाँवानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा बस्ने मुख्यसचिव पौडेलले बताए । बैठकमा उपस्थितिका लागि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोध गरेको छ ।
बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने विषयमा निर्णय गर्ने बताइएको छ । प्रचण्ड सरकारमा कांग्रेसको सहभागिताबारे पनि बैठकले निर्णय लिनेछ ।
६ चैतमा विश्वासको मत लिएपछि प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।