हालान्डको ह्याट्रिकमा सिटी एफ ए कपको सेमिफाइनलमा

म्यानचेस्टर सिटी एफ ए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा बर्नलीलाई ६–० गोल अन्तरले हराउँदै सिटी सेमिफाइनलमा प्रवेश गरेको हो ।  

सिटीका फरवार्ड एर्लिङ हालान्डले ह्याट्रिक गर्दा जुलियन अल्भारेजले दुई तथा कोल पाल्मेरले एक गोल गरे । 

यसअघि हालान्डले च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब आरबी लाइप्जिगमाथि ७–० को जितमा ह्याट्रिकसहित ५ गोल गरेका थिए । 

उनी च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ३० गोल गर्ने र कान्छा खेलाडीसमेत बनेका छन् । २२ वर्षीय हालान्डले यो सिजनमा ४२ गोल गरिसकेका छन् ।  





  • प्रकाशित मिति : चैत ५, २०७९ आइतबार ९:४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया