एकीकृत समाजवादी सिन्धुपाल्चोक अध्यक्षमा नवराज पौडल

नेकपा (एकीकृत समाजवादी) सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडल चयन भएका छन् ।

शनिबार सम्पन्न जिल्ला अधिवेशनले सात पदाधिकारीसहित ८५ सदस्यीय कमिटी चयन गरेको एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य रामभक्त दनुवारले जानकारी दिए ।  

उनका अनुसार जिल्ला उपाध्यक्षमा छिरिङग्याल्बु लामा र अनिता लामा, सचिवमा दीपक नेपाल, उपसचिवमा कुमारराज घतानी, नरेन्द्र खड्का र रवि भण्डारी रहेका छन् ।

अधिवेशनको उद्घाटन गर्दै  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको हितलाई सर्वोपरि  राखेर पार्टीले जनताको जीवनस्तर माथि उकास्न काम गर्ने बताए ।

नेपालले चीनसँग जोडिएको उत्तरी तातोपानी नाका, भोटेकोसी र मेलम्ची बाढीबाट प्रभावितका लागि राज्यले दिएको बचन पूरा गर्नुपर्ने बताए । 

कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसाल, केन्द्रीय, प्रदेश र जिल्ला तहका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो । 





  • प्रकाशित मिति : चैत ५, २०७९ आइतबार १०:३६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया