नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बैठक जारी छ ।
पार्टी कार्यालय आलोकनगरका जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार लिने विश्वासको मत, सरकारमा सहभागिता, मन्त्रिपरिषदमा पार्टीले लिने मन्त्रालयलगायत समसामयिक विषयमा छलफल भइरहेको छ ।
समाजवादी उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा सरकारमा सहभागी हुने तयारीमा छ । पाण्डेले यसअघि नै आफ्नो पार्टीले गृह मन्त्रालय पाउनुपर्ने बताउँदै आएका छन् । उनी नै गृहमन्त्रीका लागि दौडधुपमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।