ग्वार्कोमा सरकारी मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु

ललितपुरको ग्वार्कोमा सरकारी मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्दीविक्रम शाहका अनुसार गएराति सवा ८ बजे ललितपुर महानगरपालिका–१७ ग्वार्को चोकमा मोटरसाइकलले ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको हो । 

धादिङ धुनिबेशी नगरपालिकाको बागमती प्रदेश ०२–००१ व २२४७ नम्बरको मोटरसाइकलले साइकल चालकलाई ठक्कर दिएको थियो । काभ्रे बेथानचोक गाउँपालिका–२ घर भई ललितपुर–१७ भेल्पा सातदोबाटो बस्ने ३४ वर्षीय बुद्धराज तिमिल्सिना घाइते भएका थिए ।

उनको उपचारको लागि बिएन्डबी अस्पताल लगिएको थियो । त्यहाँ उपचारको क्रममा सवा ९ बजे मृत्यु भएको हो । मोटरसाइकल चालक धुनिवेशी नगरपालिका–७ का ३८ वर्षीय तुलसीराम गिरी घाइते छन् ।

उनको बिएन्डबी अस्पतालमा उपचारपछि थप उपचारको लागि ट्रमा सेन्टर रिफर गरिएको छ । दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  





  • प्रकाशित मिति : चैत ५, २०७९ आइतबार १२:३१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया