नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासत दिएर सरकारमा सहभागी हुने निर्णय पनि गरेको छ । सत्तारुढ दलहरूको आन्तरिक छलफलपछि मन्त्रालय टुंगो लगाइने महतले बताए ।
प्रचण्डले सोमबार विश्वासको मत लिँदैछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।