घनश्याम भुसाललाई महासचिव बनाउने एकीकृत समाजवादीको निर्णय
फरकधार / ५ चैत, २०७९
यो सामग्री सेयर गर्नुहोस्

नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको ५३ औँ सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको हो । 



त्यस्तै, महासचिव रहेका बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने निर्णय भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । ‘पार्टीको आजसम्म महासचिव पदमा कार्यरत बेदुराम भुसाललाई उपाध्यक्षमा मनोनयन गरिएको छ । रिक्त महासचिव पदमा घनश्याम भुसाललाई मनोनयन गरिएको छ । सर्वसम्मत रूपमा यो निर्णय गरिएको हो,’ खतिवडाले भने ।



साथै बैठकले पार्टीका चारै जना उपाध्यक्षलाई केन्द्रीय सचिवालय सदस्य मनोनीत गरेको छ । ‘पार्टीका सबै उपाध्यक्ष अब केन्द्रीय सचिवालयमा रहनुहुन्छ। सचिवालय सदस्य संख्या १९ पुगेको छ,’ प्रवक्ता खतिवडाले भने ।



भुसाल गत २९ पुसमा नेकपा एकीकृत समाजवादीमा आबद्ध भएका थिए ।  







  • प्रकाशित मिति : चैत ५, २०७९ आइतबार १३:२६:५,   अन्तिम अपडेट : चैत ५, २०७९ आइतबार १३:२७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया