सरकारले गौतम बुद्ध रंगशालाको तत्काल सुरु गर्नुपर्छ : रघुजी पन्त
फरकधार / ५ चैत, २०७९
यो सामग्री सेयर गर्नुहोस्

नेकपा एमालेका सांसद रघुजी पन्तले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले आफ्नो स्वामित्वमा लिएर तत्काल बनाउन माग गरेका छन् । 



आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले धुर्मुस–सुन्तलीले निर्माण सुरु गरेको निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई स्वामित्वमा लिएर सरकारले बनाउनुपर्ने माग गरेका हुन् । सांसद पन्तले नेपाली क्रिकेट टोलीले जित्दा बधाई दिएर दुई/चार लाख रुपैयाँ पुरस्कार घोषणा गरेर मात्रै नहुने बताए ।  



‘विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुगेको नेपाली टोलीलाई बधाई दिने र दुई/चार लाख रुपैयाँ दिएर वा घोषणा गरेर मात्रै काम छैन,’ उनले भने, ‘धुर्मुस–सुन्तलीले चितवनमा बनाउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम रोकिएको छ । वेवारिसे भएर थन्किएको छ । त्यसको स्वामित्व सरकारले लिएर लागेको ऋण तिरेर निर्माणको काम सुरु गर्नुपर्‍यो ।’ 



सांसद पन्तले त्रिवि क्रिकेट रंगशालालाई विस्तार गर्न पनि माग गरे । उनले मूलपानीको रंगशाला पनि बनाउन सरकारको ध्यानाकर्षण गराए ।



सांसद पन्तले खेलाडीसँग अपेक्षा गर्ने र जितेका बेला एक/दुई लाख रुपैयाँ पुरस्कार दिएर अरू बेला सरकार कानमा तेल हालेर बस्न नहुने बताए ।  





  • प्रकाशित मिति : चैत ५, २०७९ आइतबार १३:४५:३२,   अन्तिम अपडेट : चैत ५, २०७९ आइतबार १३:४८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया