शतप्रतिशत सांसदकाे विश्वासको मत पाउनेमा प्रधानमन्त्री आशावादी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले साेमबारको प्रतिनिधिसभा बैठकबाट शतप्रतिशत सांसदकाे विश्वासको मत पाउने आशा राखेको बताएका छन् ।

आज आइतबारको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा 
उनले पहिला ९९ दशमलव २५ प्रतिशत सांसदको विश्वासको मत पाएको स्मरण गर्दै सोमबार शतप्रतिशत पुग्ने आशा व्यक्त गरेका 
हुन् । 

‘मैले त आशाको कुरा गर्दा त पहिला विश्वासको मत लिँदा ९९ दशमलव २५ थियो, उनले भने, 'भोलि सय नै हुन्छ भन्ने आशा छ ।’ 

प्रधानमन्त्रीले सोमबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन् ।

शुक्रबार बालुवाटारमा बसेकाे १० दलीय बैठकले प्रधानमन्त्रीलाइ विश्वासकाे मत दिने सहमति गरेकाे थियाे । प्रधानमन्त्रीले विश्वासकाे मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने याेजना बनाएका छन् ।





  • प्रकाशित मिति : चैत ५, २०७९ आइतबार १६:१८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया