सडकमा लडेर बेहाेस भएका सुरक्षाकर्मीकाे मृत्यु
फरकधार / ५ चैत, २०७९
यो सामग्री सेयर गर्नुहोस्

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ स्थित भाटभटेनी सुपरमार्केट राधेराधेनजिक प्राणजल फास्टफुड रेष्टुरेण्टबाट फर्किने क्रममा एकजना सुरक्षाकर्मीकाे मृत्यु भएको छ ।



काठमाडौं नागार्जुन बस्ने  ४३ वर्षका  सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक तीर्थ ढुंगेलकाे निधन भएको प्रहरीले जनाएको छ । 



आफैँ सडकमा लडेर अचेत अवस्थामा रहेका उनलाइ स्थानीयले देखेर उपचारका लागि मध्यपुर अस्पताल पुर्‍याएकाा थिए । उनकाे उपचारको क्रममा अस्पतालमै मृत्यु भएकाे भक्तपुर प्रहरी परिसरले जनाएको छ ।



साे सम्बन्धमा अनुसन्धान भइरहेकाे परिसरका प्रमुख एसपी प्रजित केसीले जनाए ।







  • प्रकाशित मिति : चैत ५, २०७९ आइतबार १६:२२:५३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया