प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गरेका छन् । 

पार्टीको सचिवालय बैठक सकेर अध्यक्ष नेपाल प्रधानमन्त्री भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेका हुन् । 

प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिँदै छन् । एकीकृत समाजवादीले विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको छ । 

आज दिउँसो बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले विश्वासको मत दिएर सरकारमा सहभागी हुने र संसदमा सत्ता पक्षको बेञ्चमा बस्ने निर्णय गरेको थियाे । 

एमाले र राप्रपाले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानबमोजिम विश्वासको मत लिन लागेका हुन् ।





  • प्रकाशित मिति : चैत ५, २०७९ आइतबार १७:४५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया