पहिचानको आन्दोलन दबाउने प्रयास गरे बन्दुक उठ्नसक्ने किरातीकाे चेतावनी

पूर्वमन्त्रीसमेत रहेका गोपाल किरातीले पहिचानको आन्दोलनलाई दबाउने प्रयास गरे बन्दुक उठ्नसक्ने चेतावनी दिएका छन् ।

प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै आज विराटनगरमा आयोजित प्रदर्शनपछि सम्बोधन गर्दै किरातीले पहिचानलाई दबाबउन खोज्नेहरू राजतन्त्रजस्तै समाप्त भएर जाने दाबी गरे । 

‘श्री ५ सरकार जसरी मिल्काए जस्तै  कोशी प्रदेश सरकारको साइनबोर्ड त्यसैगरी मिल्काउने उनले चेतावनी दिएका छन् ।

‘पहिचान आन्दोलन पूर्वबाट सुरु भएकोमा देशभरि फैलनेछ । यो आन्दोलन प्रदेशको नामकरण पुनः पहिचानको आधारमा नभएसम्म जारी रहन्छ उनले भने ।’ 

प्रदेशवासीले अतिरिक्त अधिकार नभई पहिचान माग गरेको उनले बताए। 

कोशी प्रदेशको नाम पुनः नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो ।



प्रदेशको नामांकनको विरोधमा असन्तुष्ट पक्षले आन्दोलन घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका ५ ठाउँमा निषेधाज्ञा जारी गरेको थियो । त्यसलाई तोडेर प्रदर्शनकारी बढेपछि प्रहरीले अश्रुग्यास र हवाईफायर गरेको हो । तर, पनि उनीहरू पछि हटेनन् ।

प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेपछि असन्तुष्ट पक्षले पहिचानको आधारमा पुनः नामकरण हुनुपर्ने माग गर्दै आएका छन् ।



  • प्रकाशित मिति : चैत ५, २०७९ आइतबार १८:११:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया